घोराही (दाङ) – दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ।
स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बलको विशेष टोलीले आज बाँधबाट निकालेको हो।
सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीका अनुसार शमशेरगञ्जस्थित सशस्त्र प्रहरी बलको प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीले प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा खोजी कार्य गरेको थियो। टोलीले बाँधको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा शव फेला पारेको हो।
छ जना साथीसँग नुहाउन गएका चौधरी बाँधमा डुबेर बेपत्ता भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यमा परिचालन गरिएको थियो।