काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुले ब्याटिङका लागि सुदूरपश्चिमलाई निम्तो दिएको छ ।
आजको खेल जित्ने टोली प्लेअफमा स्थान सुरक्षित गर्नेछ । त्यसैले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।
दुवै टोलीमा दुई–दुई खेलाडी परिवर्तन
सुदूरपश्चिम रोयल्सले आजको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा दीपक बोहरा तथा सैफ जैबको स्थानमा फाबियन एलनलाई पहिलो रोजाइमा समेटिएको छ ।
यस्तै, काठमान्डु गोर्खाजले पनि टोलीमा दुई परिवर्तन गरेको छ । अस्ट्रेलिया फर्किसकेका डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटलाई पहिलो रोजाइमा खेलाएको छ ।