काठमाडौं – प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो पार्टीको पहिलो महाधिवेशनमा अनौपचारिक शैलीमा सम्वोधन गरेका छन् । ‘नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ’ भन्दै उनले आफ्नो भाषण सुरू गरेका थिए ।
बालेनले सरकारलाई एक्सिलेटर मात्र होइन, ब्रेक पनि लगाउनुपर्छ भनेर सुझाव आइरहेको भन्दै यसमाथि टिप्पणी गरे । उनले यो सरकार लोकल नभएर एक्सप्रेस गाडी भएको बताए ।
शाहले भने, ‘सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । लोकल रोडहरुमा हिँड्दाखेरि यो ठीक कुरा हो । तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो । यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यभन्दा अगाडि ब्रेक लागनुपर्दैन । यो अनियन्त्रित पनि छैन ।’