काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ ।
नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले आइतबार चीनलाई पराजित गरेको थियो ।
उक्त खेलमा भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्कासहित १२९ रन बनाएका थिए । उक्त प्रदर्शनका बाबजुद उनको वरियता २ स्थान मात्र सुधार भएको हो ।
ब्याटिङ वरियतामा रोहित पौडेल ८८औं स्थानमा छन् भने आसिफ शेख ९६औं स्थानमा छन् ।
अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर पाँचौं स्थानमा पुगेका छन् ।