नेपाल प्रिमियर लिग (एनपीएल)मा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने दोस्रो टोली हो, चितवन राइनोज ।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख सदस्य रहँदै आएका कुशल मल्लको नेतृत्वमा रहेको यो टोली एनपीएलको पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो । एनपीएलको दोस्रो संस्करणमा भने चितवन राइनोज लिग चरणबाटै बाहिरिएको थियो ।
बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने चितवन राइनोजसँगै अर्को टोली काठमान्डु गोर्खाज हो । बाँकी ६ प्रदेशबाट एक-एक क्रिकेट टोली रहेका छन्। गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्सले प्रतिनिधित्व गरिरहेको छ भने विराटनगर किङ्सले कोशी प्रदेश, कर्णाली याक्सले कर्णाली प्रदेश, जनकपुर बोल्ट्सले मधेस प्रदेश, सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेश, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन्।
चितवन राइनोजले ‘खेल्दैछ गैंडा’लाई नारा बनाउँदै आएको छ भने मस्कट पनि एकसिंगे गैंडाको बनाएको छ । विश्वमै दुर्लभ एकसिंगे गैंडाको संरक्षणको सन्देश दिनुका साथै क्रिकेटको प्रचारका लागि चितवन राइनोजले सांगीतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।
एनपीएलको तेस्रो सिजन कार्तिक ९ गते सोमबारदेखि सुरु भएर मंसिर ५ गते काठमाडौंमा सम्पन्न हुनेछ।
- आयुश न्यौपाने – अध्यक्ष
- सोहेल तनवीर – मुख्य प्रशिक्षक
कुशल मल्ल – कप्तान, मार्की खेलाडी, अलराउन्डर
देव खनाल – ब्याटर
कमलसिंह ऐरी – बलर
अर्जुन साउद – ब्याटर, विकेटकिपर
रिजन ढकाल – बलर
सलाहुदिन खान – अलराउन्डर
रवि बोपरा – अलराउन्डर
सिकन्दर राजा – अलराउन्डर
उसामा मीर – बलर
कलिम सना – बलर
रञ्जित कुमार – बलर
दीपक बोहरा – ब्याटर, विकेटकिपर
विवेककुमार यादव – अलराउन्डर
मौसम ढकाल – बलर
अशोक धामी – बलर
विपिन रावल – ब्याटर, विकेटकिपर
गौतम केसी – बलर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-
-
एनपीएल टीम प्रोफाइल – जनकपुर बोल्ट्स
-
एनपीएल टीम प्रोफाइल – सुदूरपश्चिम रोयल्स
-
एनपीएल टीम प्रोफाइल- लुम्बिनी लायन्स
-
एनपीएल टीम प्रोफाइल : कर्णाली याक्स
-
एनपीएल टीम प्रोफाइल : विराटनगर किङ्स
-
एनपीएल टीम प्रोफाइल : पोखरा एभेन्जर्स
-
एनपीएल टीम प्रोफाइल – काठमान्डु गोर्खाज
-
एनपीएल टीम प्रोफाइल – चितवन राइनोज