कांग्रेसका महामन्त्री उदयशम्शेर राणाले पार्टीलाई जनतासँग जोड्ने र संगठन सुदृढ बनाउने नयाँ नेतृत्वको दायित्व भएको बताएका छन् ।
चितवनमा आयोजित पार्टीको कार्यक्रममा महामन्त्री राणाले कांग्रेसलाई जनमुखी बनाउने बताएका हुन् । ‘पार्टीलाई जनतासँग अझ नजिक जोड्दै, संगठनलाई सुदृढ र समयानुकूल बनाउँदै जनताको अपेक्षाअनुरूप काम गर्नु नै हाम्रो दायित्व हो,’ उनले भनेका छन्, ‘आपसी एकता, सहकार्य र प्रतिबद्धताका साथ नेपाली कांग्रेसलाई अझ जनमुखी, गतिशील र परिणाममुखी बनाउन हामी सबै एकजुट भएर अघि बढौँ।’