काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यस संस्करणमा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ।
क्यानका अनुसार प्रतियोगितामा तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।