नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको विजेता टीम हो जनकपुर बोल्ट्स । मधेस प्रदेशको प्रतिनिधित्व गर्ने यो टीमले नेपालमा फ्रेन्चाइज क्रिकेट लिग सुरु भएको पहिलो सिजनै ट्रफी जित्न सफल भयो। सन् २०२४ मा यसले एनपीएलको पहिलो सिजन जितेको थियो ।
तर, एनपीएलको दोस्रो सिजन भने जनकपुर बोल्ट्सको लागि बिर्सनलायक रह्यो । सन् २०२५ को एनपीएल दोस्रो सिजनमा भने जनकपुर बोल्ट्स ८ टीममध्ये अन्तिममा रह्यो ।
एनपीएलका ८ फ्रेन्चाइज टीममध्ये मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने टीम जनकपुर बोल्ट्ससँगै सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज, विराजटनगर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । नेपालमा ७ प्रदेशमध्ये ६ प्रदेशबाट १-१ क्रिकेट टीम छन् भने बागमती प्रदेशबाट काठमाडौं गोर्खाज र चितवन राइनोज गरी दुईवटा टीम रहेका छन् ।
जनकपुर बोल्ट्सको कप्तान हरमित सिंह रहेका छन्। उनी अमेरिकी खेलाडी हुन्। विदेशी खेलाडीलाई कप्तान बनाउने एनपीएल फ्रेन्चाइजी टीममध्ये जनकपुर मात्र हो ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
- प्रमुख कार्यकारी अधिकृत – निरोज खतिवडा
- मुख्य प्रशिक्षक – शिवनारायण चन्द्रपल
- प्रशिक्षक – मनोज कटुवाल
हरमित सिंह – कप्तान/अलराउन्डर बलर
अनिलकुमार साह – विकेटकिपर ब्याट्सम्यान
ललितराजवंशी – मार्की प्लेयर बलर
मयन यादव – अलराउन्डर
मोइन अली – अलराउन्डर
इफ्तिखार अहमद – ब्याट्सम्यान
जिम्मी निशम – ब्याट्सम्यान
विकास आग्री – ब्याट्सम्यान
आदित्य महता – ब्याट्सम्यान
तृतराज दास – अलराउन्डर
अभिषेक तिवारी – अलराउन्डर
विशाल पटेल – ब्याट्सम्यान
अमरसिंह रौटेला – अलराउन्डर
रित गौतम – ब्याट्सम्यान
सन्तोष कार्की – ब्याट्सम्यान
आशुतोष पाण्डे – बलर
विशाल सुस्लिङ – बलर
एनपीएल टीम प्रोफाइलहरू तलको लिंकमा गएर पढ्नुहोस्-