काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने भएका छन्।
सोमबारदेखि सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सहभागिता रहने भएको हो। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको क्रिकेट पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।