काठमाडौँ । साफ यु-२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १-१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलंकालाई हराएको थियो ।