काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घट्दै ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात् बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको थियो।