काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनको सुरक्षालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले १६ सय सुरक्षाकर्मी विभिन्न जिल्लामा परिचालन गरेको छ।
प्रधान कार्यालय हल्चोकबाट शुक्रबार उक्त जनशक्ति उपत्यका बाहिरका जिल्लातर्फ पठाइएको हो।
निर्धारित मिति २१ फागुनमा हुने निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थापन सुदृढ गर्न उपत्यकामा उपलब्ध जनशक्तिलाई चरणबद्ध रूपमा बाहिरी क्षेत्रमा खटाउने काम सुरु गरिएको सुरक्षा स्रोतले जनाएको छ।
निर्वाचन अवधिभर आवश्यक समन्वय कायम गर्न अन्य सुरक्षा निकायसँग मिलेर परिचालन प्रक्रिया अघि बढाइएको छ।