काठमाडौं– तिहार पर्वका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने भएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार यही कात्तिक २४ र २५ गते उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीलाई बिदा दिइने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो ।
कात्तिक २६ गतेदेखि भने फोहर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने उनले जानकारी दिइन् ।
फोहर व्यवस्थापनस्थल बन्द रहने अवधिमा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहर नफाल्न र घरमै उचित व्यवस्थापन गर्न विभाग प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छन् ।