कतारमा आज नयाँ १ सय ९७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। आज जारी गरिएको रिपोर्ट अनुसार ३९ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३४२८ पुगेको छ ।
हालसम्म ३७३ जना निको भएर घर फर्किएका छन् भने ३ हजार ४८ जना उपचारत छन् । आज सम्म ५२ हजार ६ सय २२ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरसबाट हालसम्म कतारमा ७ जनाले ग्यान गुमाएका छन् ।
थप नयाँ १ सय ९७ जना मध्य अधिकांश संक्रमित व्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु पाईएका छन् ।
खाडी र मलेशियामा नेपाली अवस्था
खाडीका देश र मलेसियामा सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेकाे छ । जसमध्ये ४४ कोरोना सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । ५ जना निकाे भएर काममा फिरेका छन् ।
यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ४९ पुगेको छ । ५ हजार ५५२ जना उपचार पछि निको भएका छन् भने, १६ हजार २५१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
अहिलेसम्म बहराइनमा २२, यूएईमा ११, साउदीमा ४, कुवेतमा ११ र मलेसियामा १ जना गरी जम्मा ४९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे छ । जसमध्ये साउदीमा तीन र यूएईमा दुई गरी पाँच जना निको भएर काममा फर्किएका छन् । अरु ३४ को अस्पतालमा उपचार भइरहेको छ ।
खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।
विश्वका दुई सय १० देशका १९ लाख ३९ हजार ४६३ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख २० हजार ८ सय ७९ जनाको ज्यान गएको छ भने चार लाख ५९ हजार ५२५ जना निको भएका छन् ।