पाल्पा । पाल्पामा एक १५ वर्षे बालकले आफूभन्दा दुई वर्ष कान्छि बालिकालाई जबरजस्ती करणी गरेका छन् ।
जिल्लाको रामपुर नगपालिकाकी एक १३ वर्षीया नाबालिकालाई रामपुर नगरपालिका-६ गैटार बस्ने बर्ष १५ को बालकले ललाई फकाई फाल्गुन ४ गते राती जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।
बालकको रातको समयमा ती बालिकालाई निमार्णाधिन घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै बालिकाको आमाले आज जिल्ला प्रहरी कार्यालयमा पाल्पामा जाहेरी दिएको पाल्पा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।
जाहेरीपछि ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोलीले बालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।