विराटनगर । बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा मोरङमा ससुरा पक्राउ परेका छन् ।
जिल्लाको सुनवर्षी नगरपालिका–१ बाट बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा ससुरालाई पक्राउ गरेको हो । तर पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनी माथि अनुसन्धान जारी छ ।
मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ बर्सिया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।
जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
विगत पाँच आर्थिक वर्षमा ४६ जना महिलाहरूले आफू ससुराबाट जबरजस्ती करणीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । नेपालमा आफन्त र चिनजानेकै व्यक्तिबाट महिला तथा बालिकाहरूमाथि जबरजस्ती करणी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।