
झापा । जिल्लाको बुद्धशान्ती गाउँपालिका-५ का ४५ वर्षीय धन बहादुर कटुवालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय रोशन अधिकारी रहेका छन् ।
कार्तिक २२ गते राती ११ बजे सालो भिनाजुको बिचमा घरायसी विषयमा वादविवाद हुँदा अधिकारीले कटुवाललाई खुकुरी र बाँसले टाउको र शरीरको विभिन्न भागमा प्रहार गर्दा गम्भीर घाइते भएका कटुवाललाई उपचारका लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो ।
घटनाबारे जनाकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने रोशन अधिकारीलाई तत्काल पक्राउ गरेको हो ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।