नुवाकोटमा छोरी र बुहारीलाई कुटेको आरोपमा दमाई तामाङ पक्राउ परेका छन् ।
जिल्लाको दुप्चेश्वर गाउपालिका-४ जिम्ताङ बस्ने वर्ष ६८ को दमाई तामाङले मादक पदार्थ सेवन गरेर आज बिहान घरायसी झगडामा बुहारी र छोरीलाई ढुंङ्गा र पिर्काले हिर्काएर गम्भिर घाइते बनाएका थिए ।
कुटपिटबाट घाइते भएकी छोरी साङमिन्दु तामाङ (वर्ष ३०) र बुहारी सुनमाया तामाङ (वर्ष २८) को स्थानीय खरानिटार अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि ग्रिनसिटी अस्पताल काठमाडौं ल्याइएको छ ।
कुटपिटमा संलग्न भएका तामाङलाई प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी रुपक खड्काले केटिएम दैनिकलाई बताए ।