
झापा । झापाको दमक नगरपालिका-१ मा श्रीमानको कुटपिटबाट गम्भिर घाइते भएकी श्रीमतीको उपचारको क्रममा निधन भएको छ ।
बिहीबार राती ११ बजे इलाम फाकफोकथुम घर भई दमक-१ मा डेरा गरी बस्दै आएका २२ बर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भिर घाइते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।
विराटनगरमा उपचारको क्रममा शुक्रबार साँझ उनको निधन भएको हो ।
घटनामा संलग्न रहेका सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेर घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।