झापामा एक १९ वर्षीया महिलालाई उनको श्रीमान् नभएको अवस्थामा कोठामै पुगेर करणी गरिको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गरी बस्ने उदयपुर बेलका नगरपालिका-९ घर भएका ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार राति इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
ती महिलालाई श्रीमान् नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईप्रका अनारमनीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको डिएसपी रुगम कुँवरले केटिएम दैनिकलाई बताए ।
कुँवरका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान जारी छ ।