ताप्लेजुङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिला पक्राउ परेका हुन्।
उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सई कैलाश राईले जानकारी दिए।
उनका अनुसार पीडित बालिकाको परिवारले असार ९ गते बलात्कार गरेको आरोपमा आइतबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।
पीडित पक्षको उजुरीका आधारमा आरोपिद्वयलाई अनुसन्धानका लागि पक्राउ गरिएको राईले जानकारी दिए।
आरोपित महिलाले कोठा उपलब्ध गराएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा आइतबार नै गरिएको छ।