तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे ।
तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् ।
त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो ।
त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
नवराजको समर्थनमा पुरा नेपाली उत्रिएको छन् ।
संसदमा पनि उनकाे बारेमा कुरा उठ्याे ।
उनकाे समर्थनमा सारा नेपाली जागेका छन् ।
संसदमा बाेल्दै राष्ट्रियसभामा बोल्दै गृहमन्त्री थापाले भने , ‘उनीहरु ३ वर्ष देखि प्रेम सम्बन्धमा थिए’ भनेर प्रस्ट्राएका थिए ।
त्यसपछि पुजा शर्मा हामी छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय विभेदसँग ? भन्दै उनकाे समर्थनमा उत्रिइन ।
देशव्यापी रुपमा आन्दोलन भयो धेरैले समर्थन गरे तर नायक राजेश हमाल चुप लागेर बसेकोमा सबै आश्चयचकित बनेका थिए ।
अन्तत : शनिवार साँझ उनले एउटा भिडियो पोष्ट गरे जस्मा नवराजको समर्थन गरेका छन् ।
उनले भनेका छन् , ‘जातिय विभेदकै कारण भेरीमा बगेको एउटा प्रेमबारे राजेशले दुःख प्रकट गर्दै भनेका छन्, ‘आजको नेपालमा कुनै पनि चेतनशिल नागरिकलाई यस्तो किसिमको व्यवहार स्वीकार छैन । यो भेदभाव हाम्रो देशमा मात्रै सिमित छैन । यो दुःखको कुरा हो, मानवजाती सबैलाई यसले कहीँ न कहीँ प्रभाव पारेको छ ।’
जातिय प्रथालाई उनले ‘घिनलाग्दो’ संज्ञा दिएका छन् । ‘बेग्लै परिस्थिती, बेग्लै सामाजिक सन्तुुलन भएको अहिलेको अवस्थामा हामीले यही जातिय प्रथालाई निरन्तरा दिइरह्यौ र जरैबाट उखेलेनौँ भने समस्या भइरहन्छ ।
र, उ यो जातको, त्यो त्यो जातको भनेर विभाजनको स्थिती आइरहन्छ । यस्तो परिस्थितीमा फोहोरी राजनीति झन् मौलाउँछ । यस्तो विभाजनमाथि राजनितीले झन् खेल्न पाउँछ । यसले राज्यको समग्र विकास नै ओझेलमा पर्न जान्छ ।’
उनले फेसबुकमा हालेकाे भिडियो हेराैं ।