उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडिओमा नायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडिओलाई विकास धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडिओ तयार पारिएको हो।
यसलाई गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको छ । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको म्युजिक भिडिओहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु पस्किदै जाने गायक राणाले बताएका छन्।
भिडिओ