
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो-हल्ला गरेका छन्।
बैठकको सुरूमै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।
उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ मागे।
प्रतिनिधिसभामा नेकपाका सांसद जनार्दन शर्माले रुकुम घटनाबारे बोल्दै गर्दा काँग्रेसका सांसदले विरोध गरेका छन् ।
सांसद शर्माले आफ्नो जिल्लामा भएको घटनाका बारेमा जानकारी दिँदै घटनाको छानविन गर्न माग गरिरहेका बेला काँग्रेस सांसदले घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए ।
शर्माले बोल्दै गर्दा काँग्रेस सांसदले उठेर होे हल्ला गरेपछि सभामुख अग्नि सापकोटाले काँग्रेस सांसदलाई पटक पटक बस्न आग्रह गरेका थिए ।
सामाजिक सञ्चालमा संसदमा भएको हल्लाको कडा रुपमा आलोचना भइरहेको छ । यस्ताे छ पुरा विवरण :
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
हेर्नुहोस भिडियो