
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे ।
नवराज र उहाँका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन ।
छोराले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए ।
जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए ।
नायिका पूजा शर्माले पनि जाजरकोटका नवराज विकको हत्यामा संग्लगनलाई कारबाही गर्न माग गरेकी छिन्। सामाजिक संजालमार्फत पूजाले वीकको हत्या रालाई कारवाही गर्न सरकारसँग माग गरेकी हुन्।
नायिका पूजालेख्छिन्–‘समानता नै मानवताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले वुझ्छौ होला हामीले। रोगहरु प्नि नयाँ नयाँ आउन थालिसक्यो, अब हामी रोगसँग लड्नु कि छिमेकीको बल मिचाँइसँग लड्नु कि आफ्नै घर भित्रको अन्तरजातिय वि भे दसँग लड्नु। कि सदा झै नारी अस्मितासँग खेल्न खोज्ने विरुद्ध लड्नु?’
पूजाले सबैलाई सद्वुद्दि दिन भगावनसँग आग्रह पनि गरेकी छिन्। उनले, दोषीलाई कडा भन्दा काड कारवाही होस् भन्दै सरकारसँग माग पनि गरेकी छिन्।
https://www.instagram.com/p/CAot9JYBecD/