ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि जारी बैठक शुक्रबार सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकका निर्णय शनिबार सार्वजनिक गरिने भएको छ । निर्णय सार्वजनिक गर्न मङ्सिर १२ गते दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरिने उनले जानकारी दिएका छन् ।
शुक्रबारको बैठकमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला सङ्ग्रौला पन्त र उदयशम्शेर राणा तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले धारणा राखेका थिए ।
त्यसैगरी सहमहामन्त्रीहरू योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र डा. मो. फिरदोश आलमले पनि बैठकमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरू अर्जुनप्रसाद जोशी, दिनेशकुमार यादव, ई. मोहन आचार्य, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, भीम पराजुलीलगायतले पनि आआफ्नो धारणा राखेका थिए ।
त्यसैगरी रूपा वि.क., शान्ति परियार (वि.क.), रेशमबहादुर बानियाँ, उज्ज्वलप्रसाद बराल, सपना राजभण्डारी जोशी, प्रमिला राई, प्रमोदहरि गुरागाईँ, शम्भुबहादुर बुढाथोकी, रामदेवी खड्का, छायाँ सुनार, ममता शर्मा, महेन्द्रकुमार शर्मा, अमरप्रसाद भण्डारी, डा. शोभाकर पराजुली, जनकराज चौधरी, किरणबाबु श्रेष्ठ, निश्कल राई, सन्दीप राना, गीता देवकोटा, हरिप्रभा खड्गी, प्रचण्डविक्रम न्यौपाने, चिरीबाबु महर्जन, विद्वान् गुरुङ, श्यामकृष्ण खड्गी, बंशलाल तामाङ, सागर परियार, डा. कृष्णप्रसाद पौडेल, रवि सिंह, कुमार लुइँटेल, डा. डी.बी. सुनार, जनक चटौत, रिता थापा मगर, ई. ऋषि कोइराला, ई. नवराज त्रिपाठी, कमला नेपाली, अशर्फी साह, मेदनीप्रसाद सिटौला, जनार्दन अर्याल र ई. रोशन बस्नेतले पनि बैठकमा आफ्ना धारणा राखेका थिए ।