काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपतिलाई भेट्न लामिछाने शुक्रबार शीतल निवास पुगेका हुन्। भेटका क्रममा सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति लामिछानेबीच पनि भेटवार्ता भएको थियो।