काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह शुक्रबार राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपति निवास पुगेका हुन् । भारत भ्रमणमा जाने क्रममा उनले राष्ट्रपतिसँग भेट नगरेको भन्दै त्यसबेला टिप्पणीसमेत भएको थियो ।
आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका थिए । लामिछानेसँगको भेटलगत्तै प्रधानमन्त्री शाह पनि शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, अध्यादेश तथा सरकारका पछिल्ला कामकारबाहीबारे छलफल भएको थियो ।