काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ। बिहीबार बिहान सम्पन्न खेलमा आर्सनलले चेक क्लब स्लाभिया प्रागलाई २–१ गोलले पराजित गरेको हो।
आर्सनलको जितमा नोनी माडुएके र भिक्टर ग्योकेरेसले एक–एक गोल गरे। स्लाभिया प्रागका भिक्टर नोवाकले एक गोल फर्काए।
खेलको नवौँ मिनेटमा माडुएकेले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ३८औँ मिनेटमा ग्योकेरेसले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ९०औँ मिनेटमा स्लाभिया प्रागका नोवाकले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्ततः आर्सनल २–१ गोलले विजयी भयो।
यस जितसँगै चार खेलबाट १० अंक जोडेको आर्सनल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित स्लाभिया प्राग भने एक अंकसहित तालिकामा रहेको छ।