काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक बुधबार बस्ने भएको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिको बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्न लागेको हो।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्डामाथि छलफल हुनेछ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई समेत बोलाइएको कुइकेलले जानकारी दिए।