काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा रसुवामा आएको बाढीपछि जारी उद्धार, राहत तथा प्रभावितको अवस्थाबारे छलफल भइरहेको छ।
प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम प्रभावकारी र परिपक्व ढंगले सञ्चालन गर्न सरकार असफल भएको आरोप लगाउँदै आएको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरी फर्किएपछि संसदीय दलको बैठक बोलाइएको हो। बैठकमा स्थलगत अनुगमनका क्रममा देखिएको अवस्था र सरकारको राहत तथा उद्धार कार्यबारे समेत छलफल हुने बताइएको छ।