काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारले तीन वटा विधेयक पेश गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३ पेश गरे ।
त्यस्तै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ सदनसमक्ष प्रस्तुत गरिन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ पेश गरेका छन् ।
यससँगै सोमबारको बैठकमा सरकारका तर्फबाट तीन वटा विधेयक प्रतिनिधिसभामा औपचारिक रूपमा अघि बढाइएको हो।