काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच तराई–मधेशको पछिल्लो अवस्थाबारे टेलिफोन संवाद भएको छ।
प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोनमार्फत कुराकानी गर्दै मधेशमा विकसित पछिल्लो परिस्थितिका साथै राष्ट्रिय हित र आपसी समन्वयका विषयमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री शाहले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए। साथै, उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै तराई–मधेशमा देखिएको तनावप्रति सरकार गम्भीर रहेको र घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।