काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बुधबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा मुलुकको शेयर बजार, बैंकिङ प्रणाली र समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
भेटका क्रममा वित्तीय क्षेत्रको वर्तमान अवस्था, पूँजी बजारको गतिविधि तथा बैंकिङ प्रणालीका विविध पक्षबारे प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच विचारविमर्श भएको जनाइएको छ।