काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार आईजीपी कार्कीको नेतृत्वमा बैठक प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने तय भएको छ ।
प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा निर्णय गर्न पीसीसी बैठक बस्ने गर्छ । बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुनेछन् ।
यद्यपि, यसपटकको बैठकमा कुन विषयलाई प्राथमिकतामा राखेर छलफल गरिने हो भन्नेबारे स्पष्ट भइसकेको छैन ।