काठमाडौँ । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्।
शनिवार बसेको केन्द्रीय सदस्यको बैठकले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र बैठकले अध्यक्षको जिम्मेवारी पनि पाएको बताएका छन् ।