काठमाडौं । हायात होटल्स कर्पोरेशनले नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्ने भएको छ । हायातले गोल्यान ग्रुप लिमिटेडको लगानी रहेको वेद हस्पिटालिटी प्राइभेट लिमिटेडसँग व्यवस्थापन सम्झौता गरेको छ।
यो सम्झौतासँगै ‘हयात रिजेन्सी लुम्बिनी’ नेपालमा हायात होटल्स कर्पोरेशनको चौथौ हायात ब्राण्ड बनेको हो ।
रूपन्देहीको दानव नदीको किनारमा निर्माणाधिन ‘ह्यात रेजेन्सी लुम्बिनी’ सन् २०२८ सम्ममा सञ्चालनमा आउने र कूल १७५ कोठा हुने बताइएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थलको रूपमा प्रख्यात युनेस्को विश्व सम्पदा स्थल, लुम्बिनी मायादेवी मन्दिर र अशोक स्तम्भ लगायतका ऐतिहासिक र आध्यात्मिक स्थलहरूमा प्रत्येक वर्ष धेरै पर्यटकहरू आउने गर्दछन् ।
हयातको विस्तारले यसको दक्षिण पश्चिम एशिया विकास रणनीतिमा नेपाली बजारको बढ्दो महत्त्वलाई झल्काउँछ। “हामी लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता ल्याउने लक्ष्य राख्छौं,” भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुव राठौरले भने।
हयात रिजेन्सी लुम्बिनीले नेपालको आतिथ्य क्षेत्रलाई बढावा दिन, अन्तर्राष्ट्रिय पर्यटक र स्थानीय यात्रीहरू दुवैलाई सेवा प्रदान गर्दै देशको पर्यटन उद्योगमा योगदान पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कुल ११ एकड( ९८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।
हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।
हयातको विश्वभर ७८ देशमा १३ सय ५० भन्दा बढी होटेल रहेका छन् भने दक्षिण एसियामा ५ सय भन्दा बढी होटेल रहेका छन्। नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटेल हयात मेरियट होटेल संचालमा छ भने पछिल्लो छोटो समयमा गोल्याण ग्रुप अन्तर्गत हयात प्यालेसपछि लुम्बिनीमा संचालनमा ल्याउने तयारी अगाडि बढेको हो ।