बागलुङ, ५ असोज । चट्याङ पर्दा बागलुङको निसिखोला गाउँपालिका-३ मा एक महिलाको निधन भएको छ ।
शुक्रबार राती ८:०० बजे चट्याङ पर्दा घरभित्र बसिरहेकी सुजन बुढाको श्रीमती २४ वर्षकी रजना बुढाको घटनास्थलमै निधन भएको हो ।
आज बिहान १:३० बजे इलाका प्रहरी कार्यालय झिवाखोलामा घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय बुर्तीबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएको बताइएको छ ।
घरमा मृतकको दुई वर्षीया छोरी र सासु बस्ने गरेको र उनीहरू सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।
चट्याङले घरको बिजुलीको मिटर बक्स जलेको बतायएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय झिवाखोला बागलुङबाट अन्दाजी १२ किलोमिटर दक्षिण पर्दछ ।