काठमाडौँ । परालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।
पलेशा बुधवार बिहान काठमाडौँ आउँदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।
परिषद्का अनुसार साढे ८ बजेदेखि सुरु हुने र उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने जानकारी दिएको छ ।
पेरिस पारालिम्पिक-२०२४ अन्तर्गत भएको के-४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् ।
योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।