काठमाडौँ, ९ भाद्र । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।
अब नेपालले फाइनलमा भारत र बङ्गलादेशको विजेतासँग खेल्ने छ । भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदै छ ।