काठमाडौँ, ६ भदौ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बङ्गलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बङ्गलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।
यो जितपछि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेको थियो ।
अब शुक्रवार समूह चरणको अन्तिम खेल समूह बी को भारत र माल्दिभ्सबीच खेल हुँदै छ । अब सेमिफाइनलको समीकरण शुक्रवारको सो खेलपछि हुने भएको छ ।
समूह बी बाट भारत र भुटानले एक एक खेल जितेका छन् भने मालदिभ्सले एक खेलमा हार बेहोरेको छ ।