कञ्चनपुर, श्रावण १५ । आज बिहान ट्याक्टरको ठक्करबाट साइकलयात्रीको निधन भएको छ ।
जिल्लाको भिमदत्त नगरपालिका-३ भासि स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको म १ त १०१७ नम्बरको ट्याक्टरले साइकलमा सवार महिलालाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट घाइते साइकलयात्री भिमदत्त नगरपालिका-६ सुखासाल बस्ने अन्दाजी ३५ वर्षकी पार्वती भट्टको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकी भट्टको उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको डिएसी डाँगीले बताए ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक भिमदत्त-३ तिलकपुर बस्ने बर्ष ३८ को समिर कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा भएको भिडभाड नियन्त्रणमा लिन वरिष्ठ प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरिक्षक याम बहादुर मल्लको कमाण्डमा १० जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक पुष्कर राज पन्तको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।