काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडक खण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि दैनिक सवारी आवागमन रोक्ने जनाएको हो।
सडकको माथिल्लो भागबाट निरन्तर ढुङ्गा र माटो खस्ने तथा पहिरोको उच्च जोखिम रहेकाले जोखिमयुक्त क्षेत्रको माथिल्लो भाग काटेर सडक सुरक्षित बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
यस अवधिमा उक्त सडक खण्ड भएर आवतजावत गर्ने सवारीसाधनले समयतालिका अनुसार आफ्नो यात्रा व्यवस्थापन गर्नुपर्नेछ।