झापा । जिल्लाको झापा गाउँपालिका-२ मा एक ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालका अनुसार ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ ।
माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी रिजालले बताए ।