काठमाडौं । जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं-झगडा हुँदा भाउजुको हत्या गरेको अभियोगमा प्रहरीले देवरलाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिम रामग्राम १० मंझरियाकी २५ वर्षीया मीरा चौधरीको हत्या अभियोगमा उनका देवर पक्राउ परेका छन्।
चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको विषयमा वादविवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी मिरा चौधरीको जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो ।