झापा । झापाको बुद्धशान्ति नगरपालिका-१ मा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालका अनुसा बुद्धशान्ति गाउँपालिका-१ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई जबरजस्ती करणी अभियोगमा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
रोक्काले ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका-४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।
प्रहरीमा लिखित जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रवक्ता रिजालले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालको कानुनले १८ वर्ष वा सो भन्दा कम उमेरका किशोरी वा बालिकाहरूलाई उनीहरूकै मञ्जुरीमा शारिरीक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई बलात्कार ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न सजाय निर्धारण गरेको छ ।