उदयपुर । १३ वर्षीया एक बालिकालाई दिन बिराएर बलात्कार गर्ने दुई वृद्ध उमेरका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ दशबिघे बस्ने ५५ वर्षीय खम्बीर बहादुर राई र ६६ वर्षीय खड्ग बहादुर राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकलाई आफ्नै घरमा बोलाई खम्बीरले मंगलबार र खड्ग बहादुरले बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका दुवै पुरुषहरूमाथि करणी सम्वन्धि कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीहरूसँग उनीहरूकै सहमतिमा शारीरिक सम्वन्ध राखेतापनि उक्त सम्वन्धलाई बलात्कार ठहर गर्दछ ।
अदालतबाट बालिका बलात्कार मुद्दामा दोषि ठहर भएको खण्डमा बालिकाको उमेर र परिस्थिति हेरेर कैद सजायको व्यवस्था छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) अनुसार दश वर्ष देखि १४ वर्षका बालिका करणी गर्नेलाई अठार वर्षदेखि बीस वर्षसम्म कैद सजाय हुन्छ ।