झापा । झापाको धार्मिक स्थल कोटिहोम घाट छेउमा एक २० वर्षीया युवतीमाथि जबरजस्ती करणी भएको छ ।
उदयपुर बोक्से घर भई हाल मेचीनगर नगरपालिका-११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेलले ती युवतीलाई आइतबार जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
उजुरीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भुजेललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका भुजेलमाथि जबरजस्ती करणी शीर्षकमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायक उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताए ।