झापा । झापाको कनकाई नगरपालिकामा एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी भएको छ ।
गत पुष २९ गतेदेखि ती नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कनकाई नगरपालिका-८ बस्ने ३९ वर्षीय अशोक बराइलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालिकाका अभिभावकको उजुरीपछि उनलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकाहरूसँग सहमतिमै शारीरिक सम्बन्ध राखेतापनि उक्त सम्बन्धलाई बलात्कार ठहर गर्दछ ।