उदयपुरमा २९ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक २९ वर्षे युवक पक्राउ परेका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालिका-४ मकुम डाँडा बस्ने मनोज परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।